समाचार

गैंडाको खागसहित पक्राउ

By खबरहब

September 24, 2021

काठमाडौँ– प्रहरीले गैँडाको खाग सहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको गौशाला तिलगंगा एरियाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खागसहित लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले खाग अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको व्यूरोले जनाएको छ ।