सांकेतिक तस्बिर

समाचार

४५२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

September 24, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३४७ कोरोना संक्रमितको आईसीयूमा र १०५ को भेन्टिलेटरमा गरी कुल ४५२ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७७ जना आईसीयूमा र ३५ भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ३ जना आइसीयूमा र बागमती प्रदेशमा १६९ जना आईसीयूमा र ५२ जना भेन्टिलेटरमा उपचारत छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ४१ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ४७ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै कर्णालीमा ५ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ५ जना आईसीयू र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।