देश/प्रदेश

सुदूरपश्चिम नीति तथा योजना आयोगका उपाध्यक्ष साउदद्वारा राजीनामा

By खबरहब

September 24, 2021

काठमाडौँ– सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले पदबाट राजीनामा दिएका छन् ।

उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजीनामा पत्र पठाएका हुन् ।

मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आएको बताउँदै सक्कलपत्र आएपछि राजीनमाबारे छलफल गरिने बताए ।

एमालेसम्बद्ध मन्त्रीहरू प्रदेश सरकारबाट बाहिरीएपछि प्रदेश सरकारलाई काम गर्न सहज होस् भनेर राजीनामा दिएको र सक्कल कुरियरबाट पठाएको बताइएको छ ।

साउदलाई गत वर्ष पुस १३ गते प्रदेशको मन्त्रीपरिषद्को बैठकले उनलाई प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगको अध्यक्षमा मुख्यमन्त्री अध्यक्ष रहने व्यवस्था छ ।