राजनीति

कांग्रेस सभापतिको साझा उम्मेदवारीका विषयमा तीन नेताबीच छलफल

By खबरहब

September 24, 2021

काठमाडौँ– कांग्रेसको १४ औँ महाधिवेशनमा साझा उम्मेदवारीका विषयमा कांग्रेसमा सभापतिका तीन आकांक्षी नेता विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच छलफल भएको छ ।

शुक्रबार साँझ महामन्त्री शशांक कोइरालाको निवास महाराजगंजमा सो विषयमा छलफल भएको हो । उनीहरुबीच सहमतिमा उम्मेदवारी दिने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

यसैगरी मन्त्रिपरिषद् विस्तार लगायत सरकारका काम कारबाहीबारे प्रधानमन्त्री देउवालाई आग्रह गर्ने विषयमा समेत छलफल भएको बुझिएको छ ।

कांग्रेस महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।