खेलकुद

हालाण्डबिनाको खेलमा डर्टमण्डको सहज जित

By खबरहब

October 24, 2021

काठमाडौँ- स्ट्राइकर अर्लिङ हालाण्ड चोटग्रस्त भएपछि उनीबिना मैदान उत्रिएको बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले अर्मिनियालाई ३-१ गोलले हराएको हो । डर्टमण्डको जितमा इम्री क्यान, माट हुमेल्स र जुड बेलिङघमले एक एक गोल गरे । अर्मिनियाका फाबियन क्लोसले एक गोल फर्काए ।

जितसँगै डर्टमण्ड ९ खेलमा २१ अंकसहित दोस्रो स्थानमा छ । अर्मिनिया ५ अंकसहित १७औँ स्थानमा छ ।