फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा २४ घण्टामा १६ हजार ७१ जनामा संक्रमण

By खबरहब

October 24, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४१ लाख ७४ हजार ८४३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ७९ हजार ५९२ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५५९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५४ हजार ३०१ पुगेको छ ।