खेलकुद

म्यानचेस्टर सिटीको शानदार जित

By खबरहब

October 24, 2021

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४-१ गोलले हराएको हो । सिटीको जितमा फिल फोडेनले दुई गोल गरे । इल्के गुन्डोगान र रियाद महरेजले एक एक गोल गरे । ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए ।

जितसँगै सिटीले ९ खेलमा २० अंक जोडेको छ । ब्राइटनले १५ अंक जोडेको छ ।