खेलकुद

वाट्फोर्डको फराकिलो जित

By खबरहब

October 24, 2021

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डले फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा वाट्फोर्डले एभर्टनलाई ५-२ गोलले हराएको हो ।

जोसुवा किङले ह्याट्रिक पूरा गर्दा वाट्फोर्डका लागि जुराज कुका र इमानुएलले गोल गरे । एभर्टनका लागि टम डाभिस र रिचार्लिसनले गोल गरे ।

जितसँगै १४औँ स्थानको वाट्फोर्डले १० अंकसहित आठौं स्थानमा छ । एभर्टनले १४ अंक जोडेको छ ।