फाइल फोटो

समाचार

देशभरको मौसम बदली, कहाँ-कहाँ हुँदैछ वर्षा ?

By खबरहब

October 24, 2021

काठमाडौँ – नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका केही भूभागमा आज पनि वर्षा हुनेछ । अहिले वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । अन्य प्रदेशमा पनि थोरै-थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।