क्रिकेट

विश्वकप क्रिकेट : पाकिस्तानले टस जितेर बलिङ रोज्यो

By खबरहब

October 24, 2021

काठमाडौँ– ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको हाइभोल्टेज खेलमा पाकिस्तानले टस जितेर भारतलाई पहिला ब्याटिङको निम्तो दिएको छ । यूएईको दुबई मैदानमा अहिले केही समयपछि खेल शुरु हुँदैछ । आईसीसीको विश्वकपमा पाकिस्तानले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन ।

परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको क्रिकेट खेल सँधै हाइभोल्टेज हुने गर्छ । यो पटक दुबै टिम निकै बलिया देखिएकाले नतिजा जे पनि हुन सक्ने क्रिकेट पण्डितहरुले बताइरहेका छन् । भारत र पाकिस्तानले जारी विश्वकपमा आइतबार पहिलो खेल खेल्दैछन् ।

आइतबारै भएको पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ४ विकेटले पराजित गरेको छ । १७२ रनको लक्ष्य पाएको श्रीलंकाले ६ विकेट गुमाएर १८ ओभर ५ बलमा लक्ष्य पूरा गरेको हो । श्रीलंकाको जितमा चरिथा असलंकाले नटआउट ८० रन बनाए ।