रोचक/विचित्र संसार

ज्ञानवर्धक तथ्यहरू : कति मानिसले देब्रे हात चलाउँछन् ?

By खबरहब

November 24, 2021

१. देब्रे हात

संसारभर करिब २० करोड मानिसले देब्रे हात चलाउँछन् ।

२. बार कोड

प्रायः उच्चस्तरीय उत्पादकत्व वस्तुहरूमा बार कोड प्रयोग गर्ने गरिन्छ । बार कोड सबैभन्दा पहिला सन् १९७३ मा Wrigleys चिविङ गम कम्पनीले प्रयोग गरेको थियो । यस कम्पनीको स्थापना चाहिँ सन् १८९१ मा भएको हो ।

३. अब्बा

असीको दशकमा हिट भएको साङ्गीतिक समूहको नाम वास्तवमा त्यस समूहका सदस्यहरुको नामको अघिल्ला अक्षरहरुको सङ्गमबाट भएको हो । उनीहरु Agnetha, Bjorn, Benny, Anni-frid  थिए ।

४. चारकुने मुद्रा

राजा प्रताप मल्लले आफ्नो शासनकालमा चारकुने मुद्रा चलाएका थिए ।

५. वर्गाकार आँखा

बाख्रा र अक्टोपसको आँखाको नानी वर्गाकार आकारको हुन्छ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट