देश/प्रदेश

सुर्खेतका पार्टी सभापति रेग्मी महाधिवेशन प्रतिनिधिमा पराजित

By खबरहब

November 24, 2021

सुर्खेत– नेपाली काँग्रेस महाधिवेशन अन्तरगत सुर्खेतमा भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुइको अधिवेशनमा सुर्खेतका पार्टी सभापति र पूर्व मन्त्री पराजित भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेद्वार सभापति कमलराज रेग्मी र पूर्व मन्त्री समेत रहेका शिवराज जोशी पराजित भएका हुन् । रेग्मीले ३२० र जोशीले ३१० मत प्राप्त गरेका छन् । दुवै जना रामचन्द्र पौडेल पक्षका हुन् ।

रेग्मी फेरि जिल्ला सभापतिमा दोहोरिने सोचमा थिए । तर, अब उनको फेरि सभापति हुने सोचमा धक्का लागेको छ । जिल्ला सभापतिको उम्मेदवार हुन महाधिवेशन प्रतनिधिमा जितेको हुनुपर्ने कांग्रेस विभानको व्यवस्था छ ।