सांकेतिक तस्बिर

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

By खबरहब

November 24, 2021

पर्वत– १३ वर्षीया किशोरीमाथि बालयौन दुरुपयोग गरेको अभियोगमा जलजला गाउँपालिका ४ बस्ने २८ वर्षीय बिष्णु आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

आचार्यले आफनो मोवाइलमा अश्लिल भिडियो ती किशोरीलाई देखाई यौन दुर्ब्यबहार गर्दै एकान्त ठाउँमा लगि ती किशोरीलाई बालयौन दुरुपयोग गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्वतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।