सांकेतिक तस्बिर

समाचार

२४६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

November 24, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २०६ कोरोना संक्रमितको आईसीयूमा र ४० को भेन्टिलेटरमा गरी कुल २७४ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २९ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १०१ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ४९ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २२ जना आईसीयूमा उपचाररत छन् ।

सुदुरपश्चिममा १ जना आईसीयूमा उपचाररत छन् ।