समाचार

गोला प्रथाबाट पेसी तोक्ने निर्णयका लागि फूलकोर्ट बैठक बस्ने न्यायाधीहरूको तयारी

By खबरहब

November 24, 2021

काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले १५ मंसिरदेखि पेसी तोक्दा गोलाप्रथा लागू गर्न बिहीबार नै फूल कोर्ट बैठक बस्ने तयारी गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका सर्वोच्चका न्यायाधीशहरूको बुधबारको बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय गर्न बिहीबार नै फूलकोर्ट बैठक बस्ने तयारी गरेका हुन् ।

यसअघि अघिल्लो साता न्यायाधीशहरूको फूल कोर्ट बैठकले सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै निर्देशिका पास गरेको थियो ।

उक्त नियमावलीमा सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गर्दै पेसी तोक्ने व्यवस्था प्रधानन्यायाधीशले नभएर ‘पेसी व्यवस्थापन निर्देशन समिति’ले गर्ने व्यवस्था गरिएको छ ।