फाइल फोटो

राजनीति

कैलाली क्षेत्र नम्बर २ मा पुन: प्रतिनिधि चयन गर्न माग

By खबरहब

November 24, 2021

काठमाडौँ- कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि विपरित रहेको एमाले उपाध्यक्ष भीम रावलले बताएका छन् ।

उनले निर्वाचन नै नगरी स्वेच्छाचारी किसिमले प्रतिनिधिको नाम पठाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘१२२३ पार्टी सदस्यहरूले हस्ताक्षर गरी उक्त अनियमित कार्य बदर गरी विधिवत् निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएको तथा मैले उक्त प्रकारको गलत कार्य हुननदिन समयमै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएन’, उनले भने ।

उनले उक्त निर्णय बदरको माग गरेका छन् । उनले विधिवत रूपमा प्रतिनिधि चयन गर्न माग गरेका छन् ।