राजनीति

साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल

By खबरहब

November 24, 2021

काठमाडौँ- साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।

एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ ।

सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताए ।