पर्यटन

कांग्रेस खोटाङको मत गणना राति १० बजे शुरू गरिने

By खबरहब

November 24, 2021

खोटाङ- नेपाली कांग्रेस खोटाङको मतदानको मत गणना रातभर गरिने भएको छ ।

बुधबार साँझ ६ बजे मतदान सकिएपछि राति १० बजेबाट दिक्तेलको सरस्वती माविमा मत गणना सुरु गर्ने तयारी गरिएको कांग्रेस सभापति नरेश श्रेष्ठले बताए ।

कांग्रेसको सातौं जिल्ला अधिवेशनमा क्षेत्रीय कार्य समिति (प्रदेश क र ख)बाट करिब १ हजार ४०० क्षेत्रीय प्रतिनिधि सहभागी भएका थिए । कांग्रेस जिल्ला कार्य समितिको सभापति सहित सात पदाधिकारी, ३२ जिल्ला सदस्य र २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनौट गर्दै कांग्रेसको अधिवेशन सकिने छ ।

कांग्रेस खोटाङको सभापतिका लागि पूर्वपर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्वसभापति विष्णुकुमार राईबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

आगामी राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री राई रामचन्द्र पौडेल निकट पूर्वसभापति राई आमनेसामने भएका हुन् ।