राजनीति

सभामुख सापकोटा स्पेन प्रस्थान 

By खबरहब

November 24, 2021

काठमाडौँ- अन्तर व्यवस्थापिका संघ (आईपीयू) १४३औँ सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार स्पेन प्रस्थान गरेका छन् ।

सापकोटासहितको प्रतिनिधिमण्डल बुधवार बेलुका ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट त्यस तर्फ प्रस्थान गरेको हो । सभामुख नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य  प्रमीला कुमारी र अगमप्रसाद वान्तवा राई छन् ।

यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा.भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री के.सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी छन् ।