अपराध

बाल विवाहको आरोपमा युवक पक्राउ

By खबरहब

November 24, 2021

दैलेख- बालविवाहको आरोपमा प्रहरीले दैलेखको डुंगेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ ।

डुंगेश्वर गाँउपालिका- ५ बस्ने बिक्रम नेपालीले स्थानीय वालिकालाई प्रलोभनमा पारी बाल विवाह गरेको सूचनाका आधारमा दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

डुङ्गेश्वर प्रहरी चौकीको टोलीले मंगलबार पक्राउ गरेका उनीहरूलाई बुधबार जिल्ला अदालत दैलेखले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।