गर्भ निरोधक औषधि असुरक्षित शारीरिक सम्बन्ध राखिसकेपछि बच्चा जन्माउन नचाहँदा महिलाले सेवन गर्दछन् । गर्भवती हुनबाट बच्न प्रयोग गरिने औषधि मध्ये गर्भ निरोधक चक्की निकै प्रचलनमा छ । तर धेरै महिला यो औषधि सेवन गर्न डराउँछन् । गर्भ निरोधक औषधि सेवन गरे मोटोपना, हर्मोनसम्बन्धी समस्या, महिनावारी सम्बन्धी गडबडी जस्ता समस्या आउने धेरैको धारणा छ । तर के साँचो हो त ?
कतिपय महिलामा गर्भ निरोधक औषधिको सेवनले बाँझोपन निम्तिन्छ भन्ने डर हुन्छ । ३० वर्षभन्दा कम उमेरका महिलामा बाँझोपन आउनुमा गर्भ निरोधक औषधिको प्रयोग भन्दा पनि अन्य शारीरिक समस्याले सिर्जित हुन्छ । उमेर बढ्दै जाँदा चाहिँ गर्भधारण गर्न समस्या आउने गर्दछ । यस्तै कतिपयमा गर्भ निरोधक औषधिको प्रयोगले क्यान्सर हुन्छ र भविष्यमा गर्भधारण गर्न समस्या गर्छ भन्ने मानसिकता छ । तर भ्रम मात्र भएको डाक्टर बताउँछन् ।
गर्भ निरोधक औषधि वा अन्य औषधिको सेवनले मोटोपन बढाउने वा नबढाउने भन्नेमा यसमा भएको हर्मोनमा निर्भर हुन्छ । त्यसैले यसको सेवनले शरीरमा तौल बढ्ने वा नबढ्ने भन्दा पनि सेवन पूर्व चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । गर्भनिरोधक औषधिको बारेमा जति भ्रम र यथार्थ भए चिकित्सकसँग सल्लाह लिनु लाभदायक हुन्छ ।