फाइल फोटो

राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

By खबरहब

December 24, 2021

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो ।

पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।

माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।