राजनीति

कांग्रेसका नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र वितरण गरिँदै

By खबरहब

December 24, 2021

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र भोलि (शनिबार) दिइने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई बिहान ११ बजे प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

लगतै सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। त्यसअघि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्नेछ ।

महाधिवेशन अन्तर्गत मतदान भएको ११ दिनपछि बिहीबार सबै पदको मतगणना सकिएर अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो ।