राजनीति

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्णप्रसाद यादव विजयी

By खबरहब

December 24, 2021

काठमाडौँ – नेपाली कांग्रेस प्रदेश २ को सभापति पदमा कृष्णप्रसाद यादव विजयी भएका छन् ।

प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाई १ सय ४१ मतान्तरले पराजित गर्दै सभापति शेरबहादुर देउवा पक्षका कृष्ण विजयी भएका हुन् ।

कृष्णले ९ सय ९६ मत पाउँदा विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ पाएका रामसरोजले ८ सय ५५ मत पाए।

प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेटदेखि साँझ ८ बजेसम्म मतदान भएको थियो । १ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो ।

बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ । अन्य पदाधिकारीको मतगणना जारी छ ।