फाइल फोटो

राजनीति

माओवादी स्थायी कमिटी बैठक जारी

By खबरहब

December 24, 2021

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

११ पुसबाट काठमाडौँमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक बिहान साढे ९ बजे पछि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।