अन्तर्राष्ट्रिय

हङकङमा तियानमेन प्रदर्शनको स्मरणमा बनाइएका थप दुई स्मारक हटाइयो

By खबरहब

December 24, 2021

हङकङ– हङकङमा दुई अन्य विश्वविद्यालयबाट तियाननमेन नरसंहारको स्मरणमा बनाइएका स्मारकलाई हटाइएको छ ।

चाइनिज युनिभर्सिटी अफ हङकङमा रहेको लोकतन्त्रकी देवी र लिंगन विश्विद्यालयबाट एक स्मारक हटाइएको हो ।

एक दिन पहिला बुधबार युनिभर्सिटी अफ हङकङमा तियानानमेन नरसंहारको स्मरणमा राखिएको प्रचलित मूर्ति ‘पिलर अफ शेम’ हटाइएको थियो ।

यी मूर्ती सन् १९८९ मा लोकतन्त्र समर्थित विरोध प्रदर्शनका क्रममा मारिएका मानिसको संख्या धेरै देखाइएको थियो ।

चीनको राजधानी बेइजिङको तियानानमेन चोकमा १९८९ मा लोकतन्त्रका समर्थकले ठूलो प्रदर्शन गरेका थिए । चीन सरकारले उक्त विरोध प्रदर्शन रोक्नका लागि त्यहाँ उपस्थित प्रदर्शनकारीमाथि गोली चलाएको थियो ।

हङकङ र चीनमा लोकतन्त्रको समर्थमा बेलाबेलामा प्रदर्शन हुँदै आएको छ तर चीनले यसलाई दबाउँदै आएको छ । मूर्तिहरु हटाउने कदम पनि यसकै एक हिस्साको रुपमा लिइएको बीबीसीले उल्लेख गरेको छ । एजेन्सी