रोचक/विचित्र संसार

बाथटबमा नुहाउने छावा सामाजिक सञ्जालमा भाइरल

By खबरहब

February 25, 2021

सामाजिक सञ्जालमा एउटा हात्तीको भिडियो भाइरल बनेको छ । यो भिडियो हेर्ने जोकोहीको अनुहारमा एउटा प्यारो मुस्कान आउने गर्दछ ।

भिडियोमा एउटा पानीको टब भरिएको देखिन्छ । जहाँ हात्तीको छावा पानीको टबमा मजाले नुहाएको देख्न सकिन्छ । उ पानीमा मज्जाले खेल्दछ र नुहाउँछ । टब देख्ने वित्तिकै दौडदै टबमा चढेको सो छावा मस्ती गर्दै दौडदै नुहाउँछ ।

यसरी हात्तीले मज्जा मानेर टबमा नुहाएको भिडियोलाई धेरैले रमाइलो मानेका छन् । यस छावालाई धेरैले क्युट एलिफेन्ट वाथ, बेवी एलिफेन्ट वाथ भनेर कमेन्ट गरेका छन् ।

Just a bag full of happiness. A forward. pic.twitter.com/anL3gEoNuN

— Parveen Kaswan, IFS (@ParveenKaswan) November 25, 2020