रोचक/विचित्र संसार

७४० करोडमा बिक्यो एउटा पेटिंग

By खबरहब

April 25, 2021

कलाकारको रचनाको मोल यसका पारखीबीच हुने गर्दछ । उनीहरु ठुलो मुल्य तिरेर ति रचना वा सिर्जनालाई किन्ने गर्दछन् । तर कुनै चित्रकारको एउटा पेटिंगको मुल्य ७४० करोड पर्ला ?

यो पेटिंग यति धेरै मुल्यमा बिक्नुको कारण यो विश्वको सबैभन्दा ठुला पेटिंग हो । बेलायतका कलाकार साचा जाफरीले बनाएको पेटिंगलाई फ्रान्सका व्यवसायी आन्द्रे अब्डोनले ७४० करोड अर्थात ६२ मिलियन अमेरीकी डलरमा किनेका हुन् । साचाले बनाएको सो पे विश्वको सबैभन्दा ठुलो पेटिंगको नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

यो पेटिंगको आकार ६ टेनिस कोर्ट जत्तिकै ठुलो छ अर्थात १७ हजार हजार १७६ वर्गफीटमा बनाइएको छ । जर्नी अफ ह्युम्यानिति नामको यस पेटिंगलाई साचाले आफ्नो मष्तिकमा आएको चित्र उतारेको बताएका छन् । उनको यहि पेटिंगले उनलाई विश्वभर चर्चित बनाएको छ ।

यस पेटिंगको लिलामीबाट आएको रकम आवश्यकता भएका गरीब बालबालिकामा खर्च गरीने बताइएको छ । यस पेटिंग बनाउनु ताकाको रोचक पक्ष के छ भने साचाले यसलाई बनाउन ७० वटा फ्रेम जोडेका थिए । साथै यसलाई बनाउँदा १ हजार ६५ ब्रस र ६ हजार ३ सय लिटर पेंटको खपत भएको थियो ।