देश/प्रदेश

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको निधन

By खबरहब

June 25, 2021

काठमाडौँ– नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन भएको छ ।

कोरोना संक्रमणपछि लामो समयदेखि उपचाररत श्रेष्ठको नर्भिक अस्पतालमा उपचारकै क्रममा बिहीबार दिउँसो निधन भएको हो ।

कोभिड संक्रमणका पुष्टि भएपछि वैशाख २३ गते अस्पताल भर्ना भएका श्रेष्ठको पछिल्लो समय कोभिड रिपोर्ट नेगेटिभ आए पनि उनी अस्वस्थ नै रहेको संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

२०७५ सालमा नेपाल खुदा व्यापार संघको अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ २०३६ सालमा संघ स्थापना गर्ने मध्येका एक संस्थापक सदस्य थिए ।

भक्तपुरको बोडे स्थायी घर भएका उनी पछिल्लो समय परिवारकासाथ डिल्ली बजार बस्दै आएका थिए ।