खेलकुद

टोक्यो ओलम्पिक : महिला फुटबलमा अमेरिकाको शानदार जित

By खबरहब

July 25, 2021

काठमाडौँ- जापानमा जारी टोक्यो ओलम्पिक अन्तर्गत महिला फुटबलमा अमेरिकाले शानदार जित निकालेको छ ।

शनिबार भएको खेलमा अमेरिकाले न्युजिल्याण्डलाई ६-१ गोलले हराएको हो ।

अमेरिकाको जितमा रोज लाभेल्ली, लिन्डसे होरन, क्रिस्टिन प्रेस र एलेक्स मोर्गनले एक/एक गोल गरिन् । दुई गोल भने अमेरिकाले आत्मघाती उपहार पाएको थियो ।

न्युजिल्याण्डका अब्बे एर्चेग र क्याथरिन बोटले आत्मघाती गोल गर्दा बेट्से हासेटले एक गोल फर्काइन ।

योसँगै अमेरिकामा पहिलो जित निकालेको छ । समूह ‘जी’ मा रहेको अमेरिका पहिलो खेलमा अमेरिका स्वीडेनसँग पराजित भएको थियो ।