यसरी बनाउन सकिन्छ हरियो पालुको रोटी

By खबरहब

September 25, 2021

पालुङ्गो पकाउँदा तुरुन्त पाक्ने, स्वादिलो र पचाउन सजिलो हुन्छ । हरियो पालुङ्गोको रोटी अण्डा नराखी आवश्यक आँटा राखेर पनि बनाउन सकिन्छ । यो अत्यन्त पोसिलो र हल्का हुने भएकोले केटाकेटी, बुढाबुढी र विरामीको लागि पनि ज्यादै स्वस्थकर हुन्छ ।

आवश्यक सामग्री

पालुङ्गो– ६ कल्ली (सफा गरी मसिनो पारेर पिन्नु)

नुन, मरिच– स्वाद अनुसार

मैदा– ६ चम्चा (ठूलो चम्चाको)

भटमासको तेल– ४ चम्चा (ठूलो चम्चाको)

अण्डा– २ वटा (व्रत पूजामा नराख्ने)

बेकिङ्ग– २ चम्चा

बनाउने विधिः

—पालुङ्गो व्वायल गरेर झिक्ने । सेलाएपछि ब्लेण्डरमा पेलेर लेदो बनाउने ।

—काँचो अण्डा, पिठो, नुन, बेकिङ्ग पाउडर, मरिच, पालुङ्गो त्यसैमा फिटेर ठिक्कको लेदो बनाउने ।

—फ्राईप्यानमा तेल दल्ने । फिटेको लेदो डाडुले रोटी राख्ने र पातलो पारी फिजाई दिने ।

—फर्काएपछि रोटी तयार हुन्छ । यसलाई बाक्लो दालमा पनि खान सकिन्छ ।

साभार : सजिलो कुकिङ पुस्तकबाट