फाइल फोटो

अन्तर्राष्ट्रिय

पछिल्लो २४ घण्टामा ४ लाख १० हजार जना कोरोनामुक्त

By खबरहब

September 25, 2021

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १० हजार ८३९ जना कोरानामुक्त भएका छन् ।

ओल्डोमिटरको नयाँ विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा ७० हजार ९६२ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी भारतमा २८ हजार, इरानमा २५ हजार, बेलायतमा २६ हजार, टर्कीमा २० हजार र रुसमा १५ हजार वढी निको भएका छन् । ब्राजिलमा ६ हजार मात्र निको भएका छन् ।

यससँगै कुल संक्रमित २३ करोड १८ लाख, ५३ हजारमध्ये २० करोड ८४ लाख ४४ हजार जना कोरोनामुक्त भइसकेका छन् । हालसम्म साढे ४७ लाखको कोरोनासंक्रमणका कारण मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ८ हजार २९४ जना संक्रमितको मृत्यु भएको छ । तीमध्ये अमेरिकामा एक हजार ९४५, रुसमा ८२८, ब्राजिलमा ६८०, भारतमा २९१, इरानमा २८४, टर्कीमा २२१ र बेलायतमा १८० जनाको मृत्यु भएको छ ।

यही अवधिमा ४ लाख ८५ हजार ८१० जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा पनि अमेरिकामा सबैभन्दा धेरै छन् । जहाँ १ लाख २१ हजार १६६ जना संक्रमितको पहिचान भएको छ । यसैगरी भारतमा २९ हजार ५८०, ब्राजिलमा १९ हजार ४३८, बेलायतमा ३५ हजार ६२३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी रुसमा २१ हजार ३७९, टर्कीमा २७ हजार १९७ र इरानमा १५ हजार २९४ जनामा संक्रमण पाइएको छ ।