क्रिकेट

ईपीएल क्रिकेट : उद्घाटन खेलमा ललितपुर र काठमाडौँ खेल्दै

By खबरहब

September 25, 2021

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज शुरू हुँदैछ ।

चौंथो संस्करणको यो प्रतियोगितामा उद्घाटन खेलमा आज साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स -११ खेल्दैछन् ।

टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेल मध्याह्न १२:१५ मा शुरू हुनेछ ।

कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर र सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने काठमाडौँको खेल प्रतिस्पर्धात्मक हुनेछ ।

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका  रानजुङ्ग मिक्यो दोर्जी लगायतका खेलाडी छन् ।

काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाशसहितका खेलाडी छन् ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ ।