अन्तर्राष्ट्रिय

भारतमा ३ लाख ७ हजार सक्रिय संक्रमित

By खबरहब

September 25, 2021

काठमाडौँ-  कोरोना भाइरसको संक्रमण कम हुँदै गएको भारतमा सक्रिय संक्रमितको संख्या पनि घट्न थालेको छ ।

संक्रमणमुक्त हुँदै जानेको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या घटेको हो । वर्ल्डो मिटर्सका अनुसार शनिबार बिहानसम्म भारतमा ३ लाख ७ हजार ६१० जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ५८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३६ लाख २३ हजार ७२ पुगेको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणपछि त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २९१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार ६९० पुगेको छ ।