क्रिकेट

नेपाल छाडेपछि बरोड क्रिकेट एसोसिएसनको मुख्य प्रशिक्षक बाटमोर

By खबरहब

September 25, 2021

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका डेभ वाटमोर भारतको बरोडा क्रिकेट एसोसियसनको प्रशिक्षकमा नियुक्त भएका छन् ।

गुजरातको बरोड क्रिकेट एसोसियसनले नयाँ प्रशिक्षकको रुपमा वाटमोरलाई नियुक्त गरेको जनाएको हो ।

पारिवारिक कारण देखाउँदै वाटमोरले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेका थिए । वाटमोर नेपालको झण्डै एक वर्ष मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।