फाइल फोटो

अन्तर्राष्ट्रिय

श्रीलङ्कामा अपाङ्गता भएका बालबालिकालाई खोप दिन शुरू

By खबरहब

September 25, 2021

एजेन्सी- श्रीलङ्कामा शारीरिकरूपमा अशक्तता भएका १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोभिड–१९ खोप दिन थालिएको छ ।

श्रीलङ्काका सैनिक कमान्डर तथा कोभिड–१९ को रोकथामका लागि राष्ट्रिय परिचालन केन्द्रका प्रमुख जनरल शाभेन्द्र सिल्भाका अनुसार राजधानी कोलम्बोमा बालबालिकाका लागि ‘लेडी रिजवे अस्पताल’मा उत्तर–मध्य प्रान्तको अनुराधापुरा र उत्तरपश्चिमी श्रीलङ्काको कुरुनेगालामा खोप अभियान सञ्चालन गरिनेछ ।

यो कार्यक्रम चाँडै देशभरिका सबै जिल्लाहरूमा लगिने सैनिक कमान्डरले बताए । आधिकारिक तथ्याङ्क अनुसार श्रीलङ्कामा जन्मजात रोग लागेका अनुमानित ५० हजार बालबालिकाहरू छन् । उनीहरुई आगामी दिनहरूमा कोभिड–१९ भाइरस विरुद्ध खोप लगाइनेछ ।

श्रीलङ्का राष्ट्रव्यापी बृहत् खोप कार्यक्रम अन्तर्गत छ र २० वर्ष नाघेका नागरिकका लागि खोप लगाइएको छ । श्रीलंकामा सिनोफार्म, एस्ट्राजेनेका, फाइजर मोडर्ना र स्पुटनिक–भी लगाउन अनुमति दिइएको छ ।