समाचार

डुबेर बालकको मृत्यु

By खबरहब

September 25, 2021

अछाम – अछाममा डुबेर एक बालकको मृत्यु भएको छ ।

ढकारी गाउँपालिका-१ मा चित्रे खेलामा नुहाउने क्रममा स्थानीय चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा डुबेर बालकको मृत्यु ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले जनाएका छन् ।