क्रिकेट

ईपीएलको उद्घाटन खेलमा काठमाडौँलाई १५८ रनको लक्ष्य

By खबरहब

September 25, 2021

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौँ किङ्स-११ लाई १५८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शुन्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए ।

भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए ।

ओशाडा फर्नान्डो ४ रन संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए । ललित राजवंशी शुन्य रनमा अविजित रहे ।

काठमाडौँका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन ब्रुल र गुलशन झाले २/२ विकेट लिए ।

काठमाडौँका कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले विकेट लिन सकेनन् ।