राजनीति

ओलीको गृहनगरमा नेकपा एकीकृत समाजवादीले गठन गर्‍यो कमिटी

By खबरहब

September 25, 2021

झापा– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दमक नगर कमटी घोषणा गरेको छ ।

झापाका १५ स्थानीय तह मध्ये नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा आलीको गृहनगर समेत रहेको दमकमा पहिलो पटक नगर कमिटी घोषणा गरिएको हो ।

महेश घिमिरेको अध्यक्षतामा रहेको नगरकमिटीमा हमला सिटौला, बिराट जवेगू र सुमन कार्की उपाध्यक्ष छन् । निर्मल लामिछाने सचिव रहेको नगर कमटीमा रोशन भण्डारी र अनिलदेव राई उपसचिव छन् ।

पार्टीका जिल्ला अध्यक्ष बेदराज रेग्मीले नगरकमिटीको नामावाली घोषणा गरेका हुन् ।

पार्टीका केन्द्रीय सदस्य इन्द्र बुढाथोकी, जिल्ला अध्यक्ष रेग्मीसहितका नेताको उपस्थितीमा नवघोषित नगरकमिटीको सपथ ग्रहण पनि गराइएको छ ।

जिल्लामा पार्टी संगठन निर्माणलाई अघि बढाउने क्रममा दमकमा कमटी घोषणा गरिएको जिल्ला प्रचार विभाग प्रमुख तिर्थ सिग्देलले जनाए ।

दशैँ अघिनै झापाका आधाभन्दा बढि स्थानीय तहमा कमिटी घोषणा गरिने केही जनसंगठन पनि निर्माण गरिने उनको भनाइ छ ।