सांकेतिक तस्बिर

अपराध

छुरा प्रहार गरी छिमेकीको हत्या

By खबरहब

September 25, 2021

सुनसरी– छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका३ सुनौलो टोल बस्ने ६२ वर्षीय देवी प्रसाद अधिकारीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

सामान्य घरायसी बादबिबाद हुँदा अधिकारीले छुरा प्रहार गर्दा थापा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो । उपचारको लागि घोपा धरान लैजाने क्रममा थापाको मृत्यु भएको थियो । साथै पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।