सांकेतिक तस्बिर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

By खबरहब

September 25, 2021

पर्सा– बलात्कार गरेको आरोपमा पर्सामा एकजना पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२९ रतनपुर बस्ने २५ वर्षीय साबिर हुसेन खानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

खानले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।