SAN FRANCISCO - DECEMBER 22: A woman receives an H1N1 flu nasal spray vaccination during a clinic at the Bill Graham Civic Auditorium December 22, 2009 in San Francisco, California. The city had 16,000 doses of the vaccine on hand for residents of the city. (Photo by Justin Sullivan/Getty Images)

अन्तर्राष्ट्रिय

चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी

By खबरहब

September 25, 2021

बेइजिङ– कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ ।

चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो । कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका छन् ।

सो खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य सङ्गठनलाई बुझाउने तयारी गरेको छ । प्रतिवेदनसँगै कम्पनीले खोप प्रयोगका लागि अनुमति दिन पनि माग गर्ने भएको छ ।

खोप उत्पादक कम्पनी क्लोभरको आधिकारीक वेभसाइटमा ३० हजारभन्दा बढी बयस्कमा खोपको परीक्षण गरिएको उल्लेख छ । परीक्षणमा फिलिपिन्स, ब्राजिल, कोलम्बिया, दक्षिण अफ्रिका र बेल्जीयम गरी पाँच देशका ३१ क्षेत्रका नागरिक सहभागी भएको जनाइएको छ । सिन्ह्वा