धर्म / संस्कृति

दशैँमा किराँतीले किन लगाउँछन् सेतो टीका ?

By खबरहब

October 25, 2021

दशैँ भर्खरै सकिएको छ । नेपालीहरूको महान् चाड दशैँमा अधिकांशले मान्यजनको हातबाट रातो टीका, जमरा लगाई आशिर्वाद लिए । तर पूर्वी नेपालमा मुल बसोबास भएका किराँती तथा आदिवासी समुदायले भने दशैँमा सेतो टीका लगाए । अधिकाशंले रातो टिका लगाउँदा उनीहरूले किन सेतो टीका लगाए त ? धेरैको मनमा जिज्ञाशा हुनसक्छ ।

केही मानिसका अनुसार दशैँ किराँत धर्म मान्नेहरूका चाड होइन । उनीहरू आफ्नो पर्वमा सेतो टीका लगाउँछन् । त्यसैले दशैँमा ऐक्यबद्धता जनाउन उनीहरूले सेतो टीका लगाएका हुन् । दशैँ देशकै संस्कृति बनिसकेकाले एउटै संस्कृति भित्र रहँन किराँतीहरूले पनि दशैँ मनाउँदै आफ्नो रित अनुसारको सेतो टिका लगाएका हुन् ।

कतिपयका अनुसार किपट खोसिएपछि पूर्वका किराँतीले विरोध स्वरूप दशैँ मान्न छाडेका थिए । आदिवासीहरू प्रकृति पूजक भएकाले दशैँमा सेतो टीका लगाउने गरिएको उनीहरूको तर्क छ ।