खेलकुद

उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा कनकाई र वाग्मती भिड्दै

By खबरहब

October 25, 2021

काठमाडौँ – झापाको कनकाइ नगरपालिका र सर्लाहीको वाग्मती नगरपालिकाबीच उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको समूह ‘ए’ विजेताको लागि प्रतिस्पर्धा हुँदैछ।

आज सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने दिनको दोस्रो खेलमा दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल मध्यान्ह १२ बजे हुनेछ।

समूह ‘ए’ मा दुवै टोलीले दुई खेलबाट समान ६ अंक जोडेका छन् । यो खेलको विजेता समूह विजेता बन्दै नकआउट चरणमा पुग्नेछ । यदि बराबरीले भने गोल अन्तरका आधारमा कनकाई नकआउट चरणमा स्थान बनाउनेछ ।

यसअघि पहिलो खेलमा महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाबीच र अन्तिम खेलमा दिउँसो ३ बजे समूह ‘बी’अन्तर्गत कालिका नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।