बलिउड/हलिउड

शिल्पासँग दुरी बढाउदै बलिउड

By खबरहब

October 25, 2021

मुम्बई(बलिउड लाइफ)– बलिउडमा कोही निश्चित साथी या दुश्मनी हुँदैनन् । स्टारडम र लोकप्रियता देखेर कोही कसैको साथी वा दुस्मनी छनोट गर्छन् । बलिउड अभिनेत्री शिल्पा सेठ्ठीलाई अहिले त्यस्तै भएको छ ।

व्यवसायी पति राज कुन्द्रा पोर्न मुद्धा परेर भलै जमानतमा रिहा भए पनि शिल्पालाई बलिउडकर्मीले किनारा लगाइरहेका छन् । जुन फिल्मी परिवारसँग शिल्पाको प्रगाढ सम्बन्ध थियो, त्यो परिवार नै अहिले शिल्पाबाट टाढिरहेका छन् ।

गत वर्ष शिल्पा फिल्मी परिवारसँग पार्टी गरेकी थिइन् र दीपावली मनाएकी थिइन् । तर यसपटक भने माहौल फेरिएको छ । उनले करवाचौथमा फिल्मी साथीहरुसँगको तस्वीर शेयर गरेकी छैनन् । राज कुन्द्राको मुद्धापछि बलिउडका फिल्मकर्मीहरु शिल्पाबाट टाढिरहेको यो यो उदाहरणलाई मान्न सकिन्छ ।

भारत सरकारले चिनियाँ एप टिकटकमा प्रतिबन्ध लगाएपछि बलिउडले शिल्पासँग दुरी बनाएको थियो । किनकी शिल्पा टिकटकमा निकै सक्रिय थिइन् । उनको फलोअर राम्रा थिए र फलोअरलाई मनोरञ्जन दिनका लागि उनी राम्रा कन्टेन्ट तयार पार्थिन् ।