प्रतिकात्मक तस्वीर

समाचार

दुई जनाको मृत्यु, घाइते ६३ मध्ये १५ को अवस्था गम्भीर

By खबरहब

October 25, 2021

पाँचथर- पाँचथरको फिदिममा भएको बस दुर्घटनामा घाइते ६५ जनामध्ये दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते उनीहरुको उपचारका लागि समर्पित अस्पताल ल्याइएका एक बालक र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटना घाइते बाँकी ६३ जनामध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ  । उनीहरुको पाँचथर, झापा र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

४४ सिट  क्षमताको को १ ख ३८६५ नम्बरको बस अधिक क्षमताका कारण शान्तिपुरमा अर्को सवारी साधनलाई उछिन्न खोज्दा सडकको डिलबाट खोँचमा झरेको थियो।

फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको उक्त बसमा दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेका पाँचथरकै कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा रहेको प्रहरीले जनाएको छ ।