राजनीति

निर्धारित समयमै महाधिवेशन हुनुपर्छ, सार्ने ‘पप्रञ्च’ सैह्य हुन्न :  पौडेल

By खबरहब

October 25, 2021

नेपालगञ्ज-  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले अब पनि महाधिवेशन सार्ने पप्रञ्च भए सैह्य नहुने चेतावनी पनि दिए । महाधिवेशनका लागि समय थप गर्ने सीमा नै नरहेकाले कुनै पनि हालतमा निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा उनको जोड छ । कांग्रेसको १४औँ महाधिवेशन ९–१३ मंसिरमा गर्ने तयारी छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न बारम्बार सुझाव दिँदै आएको उनको भनाइ छ ।

पछिल्लो समय कुनै पनि राजनीतिक दलहरूले व्यवस्थालाई संस्थागत गर्नका लागि महत्व नदिँदा सबैको ध्यान सत्ता केन्द्रित हुन पुगेको बताएका नेता पौडेलले यसले मुलुकलाई नै अस्थिरताको भूमरीमा फसाइएको बताए ।