समाचार

७७६ कोरोना संक्रमित थपिए, १३ को मृत्यु

By खबरहब

October 25, 2021

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार २८४ जनाको पीसीआर परीक्षणमा ६७३ र २ हजार ५८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५०१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।