सांकेतिक तस्बिर

समाचार

३२८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

October 25, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २५४ कोरोना संक्रमितको आईसीयूमा र ७४ को भेन्टिलेटरमा गरी कुल ३२८ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ४९ जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १४० जना आईसीयूमा र ४५ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २१ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ३७ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ५ जना आईसीयू र १ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।