अन्तर्राष्ट्रिय

अमेरिकी टिभी स्टार टाइलरको निधन

By खबरहब

October 25, 2021

एजेन्सी- अमेरिकन टेलिभिजन सिरिज ‘फ्रेन्डस’ मा गन्थरको भूमिकाका कारण चर्चित अभिनेता जेम्स माइकल टाइलरको निधन भएको छ ।

उनलाई सन् २०१८ मा प्रोस्टेट क्यान्सर देखिएको थियो । ५९ वर्षीया टाइलरको  आइतबार लस एन्जिल्सस्थित आफ्नै घरमा निधन भएको भएको हो ।

सन् १९९४ मा ‘फ्रेन्डस्’बाट अभिनय यात्रा सुरु गरेका टाइलर सन् २००४ सम्म सो सिरिजमा अभिनय गरे । कमेडी जनराको सो सिरिजमा गन्थरको चरित्रले टाइलरलाई चर्चित बनाएको थियो ।

‘फ्रेन्डस्’पछि उनले जस्ट सुट मी, सब्रीना, दि टिन एज वीच’, स्क्रब्स, आइरन सेफ अमेरिका, एपिसोड्स, मोर्डन म्युजिक, फ्रेन्डस् रियुनियनलगायतका सिरिजमा अभिनय गरेका थिए ।